को हुन् मुकुन अर्थात ‘बुलबुल’का चोपेन्द्र ?

को हुन् मुकुन अर्थात ‘बुलबुल’का चोपेन्द्र ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फाल्गुन ३ गते रिलिज हुने सिनेमा ‘बुलबुल’को घोषणा कार्यक्रम देखि नै चर्चामा छ । नायिका स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भुमिकामा देखिने भएकाले पनि सिनेमाको चर्चा भैरहेको छ । ‘बुलबुल’मा टेम्पो ड्राइभरको भूमिकामा छिन् त्यो पनि दुरुस्त गेटअपमा ।

सिनेमा पारखीलाई स्वस्तिमाको यही लगावले प्रभावित गरेको छ । तर, गीत र सिनेमाको टिजर सार्वजनिक भएसँगै सिनेमाका अर्का कलाकार मुकुन भुषालले पनि धेरैको ध्यान तानेका छन् । केही दिनअघि सार्वजनिक छोटो टिजरमा पनि मुकुनको अभिनयले धेरैमा कौतुहलता जगाएको छ । टिजर मार्फत चोपेन्द्र नामक पात्रको भूमिकामा देखिएका नायक मुकुन भुषाल र उनले बोलेको संवादको चर्चा युट्युव लगायत सामाजिक सञ्जालमा हुन थालेको छ ।

मुकुन भुषाल सिनेमाको लागि बिलकुल नयाँ अनुहार हुन् । उनी यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनयमै स्नातकोत्तर गरेर फर्किएका हुन् । उनले नेपालकै ओस्कार कलेजबाट सिनेमामै स्नातकसम्मको अध्ययन पूरा गरेर भारत हान्निएका थिए । उनले अध्ययनका क्रममा दर्जनौं छोटा सिनेमामा अभिनय गरेपनि ठूलो पर्दामा भने ‘बुलबुल’नै पहिलो डेब्यु सिनेमा हो ।

‘बुलबुल’को गीत र टिजरमा उनले देखाएको अभिनयले एउटा उम्दा कलाकारको प्रवेश भएको मान्छन् निर्देशक विनोद पौडेल । उनले मुकुनले चोपेन्द्रलाई आफूले कल्पे जसरी नै उतारेको बताए । ‘यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हो । बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो । तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन । त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए,’ पौडेलले भने, ‘ मैले चोपेन्द्रलाई जे सोचेर लेखेको थिएँ । उनले त्यसलाई अभिनयले सार्थक बनाएका छन् ।’