हरर कथामा नयाँ सिनेमा ‘घर’ निर्माण हुने

हरर कथामा नयाँ सिनेमा ‘घर’ निर्माण हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ नेपाली सिनेमा ‘घर’को निर्माण घोषणा गरिएको छ । पूर्णतया हरर कथामा निर्माण हुने सिनेमाको काठमाडौमा एक कार्यक्रको आयोजना गरि सिनेमाको घोषणा गरिएको हो । सिनेमाको छायांकन माघमा सुरु गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सिनेमालाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । शर्मिला पाण्डे प्रस्तुतकर्ता रहेको सिनेमामा सुरज पाण्डे र निर्देशन दिपेन्द्र के खनालको लगानी रहने छ ।

शर्मिलाले यसअघि ‘लभ लभ लभ र चंगाचेट’ लगायतका दुई सिनेमा निर्माण गरेकी थिइन् ।सिनेमामा सन्तोष अधिकारीको सह–लगानी रहनेछ । निर्मात्री पाण्डेले डीएस डिजिटलले प्राविधिक उपकरण वितरणको साथमा सिनेमा पनि निर्माण गर्ने बताइन् । बर्षमा एउटा सिनेमा निर्माण गर्ने योजना आफूहरुको रहेको उनले बताइन् ।

यस्तै, सिनेमालाई अर्पण थापाले निर्देशन गर्दैछन् । निर्देशक थापाले भने–‘यो सिनेमाले दर्शकलाई तर्साउनेछ ।’ सिनेमाका लागि २ नायिकाको खोजी भैरहेको निर्माणपक्षले बताएको छ । कार्यक्रममा बोल्दै डीएस इन्टरटेन्मेन्टका सदस्य दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले पनि लगानी गर्न लागेको बताएका थिए ।

एउटा ‘घर’ भित्र हुने घटनालाई सिनेमाले सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । अर्पण थापाले नै सिनेमाको कथा लेखेका हुन् । कार्यक्रममा निर्माता माधव वाग्लेले सिनेमा सफलताको शुभकामना दिएका थिए । डीएस डिजिटलमा कलाकार सुरज पाण्डे पनि आवद्ध छन् । सुरज यही सिनेमा बाट निर्माणमा समेत हात हाल्दै छन् ।