फरहान अख्तरको ‘इनसाइड एज २’मा अदिती अनुबन्धित

फरहान अख्तरको ‘इनसाइड एज २’मा अदिती अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘कृ’ डेब्यु गर्ल अदिती बुढाथोकीले बलिउड निर्माता तथा निर्देशक परहान अख्तरले निर्माण गर्ने वेव सिरिजमा काम गर्ने पक्का गरेकी छन् । ‘इनसाइड एज’को दोस्रो श्रृङखला ‘इनसाइड एज २’मा अदिती अनुबन्धित भएकी हुन् । यसको पुष्टि बलिउड छापा मिडिया इंन्डियन एक्सप्रेसले गरेको छ ।

‘कृ’ पश्चात अदितीले नयाँ नेपाली सिनेमामा काम गरेकी छैनन् । यस्तैमा उनले बलिउडमा नाम चलेका निर्माता तथा निर्देशक परहान अख्तरको वेव सिरिजबाट उनले आफ्नो पाइला बलिउडमा अघि बढाएकी हुन् । उनले यसअघि पनि केही हिंन्दी गीतको म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् ।

क्रिकेट सम्बन्धी यो सिरिजमा विवेक ओवरोय समेत हुने जनाइएको छ । फरहानले आफ्नो ब्यानर एक्सेल इन्टरटेनमेन्ट र रितेश सिदवानीको इन्टरटेनमेन्ट प्रालिसँग मिलेर सिरिज बनाउन लागेका हुन् । अदितीले भनिन्,- ‘मेरा लागि निकै महत्वपूर्ण भूमिका छ र उत्साहित पनि छु’ । मलाई फरहान सरको कमाइ गराइ शैली मनपर्छ ।

यो सिरिजले भारतीय क्रिकेट र त्यसको अँध्यारो पाटो चित्रण गर्छ । सिरिजले गर्दा उनको नेपाली सिनेमामा कमब्याकमा ढिलाइ हुनसक्छ । तर अदितीले ‘भैरे’ निर्देशक सुर्य बोहोराको नयाँ सिनेमा ‘हेल्लो जिन्दगी’ साइन गरेको चर्चा नेपाली सञ्चार माध्यममा भैरहेको छ ।