रोहित र दीपकको सिनेमालाई दिपेन्द्रले निर्देशन गर्ने पक्का

रोहित र दीपकको सिनेमालाई दिपेन्द्रले निर्देशन गर्ने पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुटिङ सकिएको सिनेमा ‘दि ब्रेकअप’बाट हात झिकेका निर्माता रोहित अधिकारीले नयाँ सिनेमा निर्माण गर्दैछन् । रोहितले हाँस्य कलाकार दीपकराज गिरी र निर्माता रोहित अधिकारीले मिलेर बनाउन लागेको सिनेमाका लागि निर्देशक पक्का गरिएको छ । रोहित अधिकारी र दीपकराज गिरीको जोडीले निर्माण गर्ने सिनेमालाई रंग पत्रकार, समिक्षक तथा निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्ने पक्का भएको छ ।

नाम तय नगरिएको सिनेमालाई ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका लामाले निर्देशन गर्न लागेको जानकारी दिपकले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकबाट दिएका हुन् । रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको प्रस्तुतिमा सिनेमा निर्माण हुनेछ । यो सिनेमाको निर्माण घोषणासँगै प्रदर्शन मिति समेत तय गरिएको छ । सिनेमालाई आगमी बर्षको दशैंमा रिलिज हुने बताइएको छ ।

सिनेमाका लागि दिपकराज गिरी र केदार घिमिरे पक्का भइसकेका छन् भने अन्य कलाकार र प्राविधिकको छनोट भइरहेको छ । सुन्नमा आए अनुसार सम्पुर्ण छक्का पञ्जा टिमका सदस्यहरु नै यो सिनेमामा रहने छन् । सिनेमामा दिपकले नाफाको ५० प्रतिशत हिस्सा लिनेछन् । यो सिनेमाको पटकथा तथा संवाद पनि दिपकले नै तयार पार्नेछन् । नेपालमा कोहि कलाकारले पहिलो पटक पारिश्रमिक नलिई नाफाको हिस्सा लिन लागेका हुन् ।