‘सम्हालिन्छ कहिले मन’मा फेरी पुजा र आकाशको जोडी

‘सम्हालिन्छ कहिले मन’मा फेरी पुजा र आकाशको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लामो समय पश्चात निर्देशक सुदर्शन थापा बाहिरी ब्यानरको सिनेमामा काम गर्दैछन् । सम्पुर्ण छायाँकन युकेमा गरिने सिनेमा ‘सम्हालिन्छ कहिले मन’मा अभिनेत्री पुर्जा शर्मा र सोनम तोप्देन मुख्य कलाकारको रुपमा पहिले नै फाइनल भैसकेका छन् । यो सिनेमाको लागी निर्माण टिमले एक जना मुख्य अभिनेताको खोजी गरिरहेको थियो । उक्त भुमिकाको लागी निर्माण टिमले नायक आकाश श्रेष्ठलाई फाइनल गरेको छ । आकाश र पुजाको जोडी यसअघि रामकहानीमा देखिएको थियो ।

रामकहानीमा अभिनय गरे पश्चात आकाश र पुजा प्रेममा रहेको चर्चा पनि नेपाली सिनेमा क्षेत्रमा भैरहेको छ । यस्तैका नायक सोनम तोप्देन भने करभ गायकको रुपमा चर्चित छन् । यो सिनेमा सुर्दशन थापाको लेखन तथा निर्देशन रहने छ । भारतीय मुलका तिब्बतियन गायकले यो सिनेमामार्फत नेपाली सिनेमामा डेब्यू पनि गर्न लागेका हुन् । सिनेमाको एक गीतमा मुख्य कलाकार सोनम तोप्देनको संगीत तथा स्वर दर्शकले सुन्न पाउनेछन् ।

सिनेमामा २ नायक र एक नायिका रहने सिनेमाका लागी नायक श्रेष्ठ केही दिन अगाडि मात्र फाइनल गरिएको हो । उनले सिनेमाका लागि महंगो पारिश्रमिक लिएको समेत वुझिएको छ । यसैविच, यो सिनेमाका लागि निर्माणको टिमको यूकेको भिसा समेत आइसकेको छ । सिनेमाका नायक, नायिका, प्राविधकहरुको समेत यूकेको भिसा आइसकेको वुझिएको छ ।

अब केही दिनमा नै सिनेमाको टिम छायांकनका लागि यूके उड्नेछ । यसपटक सिनेमामा पूजा र सुदर्शनको लगानी रहने छैन । सिनेमा ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाशको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए । यसैले, ‘सम्हालिन्छ कहिले मन’मा पनि आकाशले पूजासँग रोमान्स गर्ने पक्का गरिएको बुझिएको छ ।