भाद्र १३ लाई रिलिज तय गर्दै बन्ने भयो ‘ब्याचलर बन्टी’

भाद्र १३ लाई रिलिज तय गर्दै बन्ने भयो ‘ब्याचलर बन्टी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चाम्स इन्टरटेनमेन्ट र सुदीप खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण गर्ने सिनेमा अनमोल केसी स्टारर सिनेमा ‘ब्याचलर बन्टी’ अब चाँडै बन्ने भएको छ । बुधबार मिलन चाम्स, सुदीप खड्का र अनमोल केसीविच भएको भेटवार्तामा सिनेमाको आगामी नयाँ वर्ष बैशाखबाट छायाँकन सुरु गरिने र भाद्र १३ गते तिजको अवसरमा रिलिज गर्ने पक्का गरिएको हो ।

यसअघि नै सिनेमाको छायाँकन गरिने भनिएता पनि ‘ए मेरो हजुर ३’को सुटिङ र ‘क्याप्टेन’को पोष्ट प्रोडक्सनको कामले गर्दा यो सिनेमाको छायाँकन हुन सकेको थिएन । सुदीप खड्काको लगानी रहने सिनेमालाई मिलन चाम्सले निर्देशन गर्दैछन् ।