सही समय र सिनेमाको पखाईमा थिए : सुबेक्षा खड्का

सही समय र सिनेमाको पखाईमा थिए : सुबेक्षा खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा हो ‘रणवीर’ । यहि सिनेमाबाट २०१२ मा मिस इन्टरनेशनल सुबेक्षा खड्काले डेब्यु गर्दैछिन् । पछिल्लो समय नेपाली सिनेमामा विभिन्न सौन्दर्य प्रयोगीता विजेताका सुन्दरीहरु जोडिन थालेका छन् । सौन्दर्य प्रयोगीताबाट प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ, अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली सिनेमामा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई पहिले सिनेमाको अफर नआएका होइनन् तर उनले सिनेमा ’रणवीर’ चुज गरेकीछन् ।

सुबेक्षा यसै सिनेमाबाद नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दैछिन् । नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ अनुहारको खोजीको क्रममा सुबेक्षालाई धेरै प्रोपोजल गयो तर उनले तात्कालिन समयमा सिनेमामा अभिनय गरिनन् , उनि भिजेको रुपमा कान्तिपुर टेलिभिजनसँग आवद्ध भइन् । गतवर्ष सन् २०१८ को सुरुवात देखि सिनेमा रणवीरमा जोडिएर नेपाली सिनेमामा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ ।

सुबेक्षा खड्का भन्छिन्, – मलाइ सिनेमामा आउँन मन नलागेको होइन तर खोजिएको जस्तो सिनेमाको अफर नै आएँन । म मिस नेपालमा सेकेन्ड रनरअप भएसँगै मलाइ अफर राम्रै आएको थियो मैले धेरै मान्छेलाइ भेटे । तर मलाइ चित्त बुझेन । मलाइ पहिला देखि नै सिनेमामा आउने ईच्छा थियो र मसँग काम गर्ने साथी सर्कलले पनि मलाइ सिनेमामा काम गर्न भन्नु हुन्थ्यो तर म सहि समयको पर्खाइमा थिए । रणवीरको अफर आएपछि स्टोरी सुने र टिमपनि चित्त बुझ्यो । यसैले रणवीरमा काम गरेकी हु ।

लभ स्टोरी तथा एक्सन मिश्रित सिनेमामा सुबेक्षा खड्काका खलवा सुशील सिटौला , सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , हरिहर शर्मा बसन्ती भाट, शैलेश्वरी सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशन गोविन्द सिंह भण्डारीको कथा, पटकथा तथा संवाद रहेको सिनेमालाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसमा सिनेमामा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।