‘भिलेन’ले दर्शकलाई पुर्ण मनोरंजन दिन्छ : शिल्पा पोखरेल

‘भिलेन’ले दर्शकलाई पुर्ण मनोरंजन दिन्छ : शिल्पा पोखरेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं मंगलबार काठमाडौंमा पौष २७ गते रिलिज हुने सिनेमा भिलेन निर्माण युनिटले पत्रकार भेटघाटको आयोजना गरेको थियो । राष्ट्रिय टोपी दिवसको शुभकामना आदान प्रदान गर्दै सिनेमा निर्माण युनिटले सिनेमाको बारेमा जानकारी दिएको छ । सिनेमाकी मुख्य अभिनेत्री शिल्पा पोखरेलले सिनेमा राम्रो बनेकाले र दर्शकलाई मनोरंजन दिने बताइन । ‘दुई व्यक्तिको बीचमा तगारो बनेर आउने व्यक्ति नै भिलेन हो’ शिल्पाले भनिन् ‘सिनेमाले दर्शकलाई भरपुर मनोरंजन दिन्छ र हामीले सक्दो मेहनत पनि गरेका छौं ।’

यसैगरी सिनेमाका निर्माता तथा कलाकार कपिल खत्रीले भिनेनमा आफुले राम्रो काम गर्ने कोसिस गरेको बताए । ‘हामीले भिलेनको क्यारेक्टरलाई जस्टिफाई गरेका छौ’ उनले भने ‘भिलेनको पनि आफ्नै कथा हुन्छ , जसलाई हामीले देखाउने कोसिस गरेका छौ ।’ एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेता पनि उनि भने कार्यक्रममा अनुपस्थित थिए । सिनेमामा शिल्पा पोखरेल, कपिल खत्री, निखिल उप्रेती र निशा अधिकारीको मुख्य भूमिका रहेको छ ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । सिनेमामा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सिनेमाका सह(निर्मातामा हुन् । सिनेमामा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरी, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व रहेको छ ।