‘गोपी’ प्रचारको काइदा पोखराको हट एयर बलुनको फाइदा

‘गोपी’ प्रचारको काइदा पोखराको हट एयर बलुनको फाइदा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गोपी’को प्रचारमा नयाँ नयाँ फण्डा निर्माण टिमले गरि रहेको छ । केहिदिन पहिले कविता लेखन प्रतियोगीको आयोजना गरेको ‘गोपी’ निर्माण टिमले अहिले पोखरामा रहेको नेपालकै एक मात्र हट एयर बेलुनमा सिनेमाको पोस्टर प्रचार प्रसार सुरु गरेको छ ।

‘गोपी’ले आफ्नो प्रचारलाई ब्यापक बनाउन प्रचारको यस्तो अनौठो शैली अपनाएको हो । ’पछिल्लो समय हट एयर बेलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै ‘गोपी’को प्रचारलाई अझै ब्यापक र प्रभावकारी बनाउने अभिप्रायले सिनेमाको प्रचार हट एयर बलुन मार्फत गरेको सिनेमाका काकार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेलले बताए ।

दिपेन्द्र लामाले निर्देशन गरेको सिनेमामा वपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, हिउँवाला गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।