पुष्प र साम्राज्ञी स्टारर ‘मारुनी’ भाद्र १३ मा रिलिज हुने

पुष्प र साम्राज्ञी स्टारर ‘मारुनी’ भाद्र १३ मा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही दिन पहिले एक भव्य कार्यक्रमका बिच घोषणा गरिएको सिनेमा ‘मारुनी’को प्रदर्शा मिती फाइनल गरिएको छ । नवल नेपालको निर्देशन रहने सिनेमा ‘मारुनी’ अब भदौ १३ गतेबाट अल नेपाल प्रदर्शन हुने पक्का भएको छ । पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गर्ने सिनेमा निर्माण युनिटले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरेको हो ।

एफडी प्रमुख नरेन्द्र महर्जनले निर्माता तथा निर्देशकको माग बमोजिम प्रदर्शन मिति फाइनल गरिएको बताए । ‘उहाँहरुले राम्रो फिल्म बनाउने कुरामा हामीलाई पूर्ण विश्वास छ । यही कारण हामी उहाँहरुसँग सहकार्य गर्न तयार भएका हौं,‘महर्जनले भने । निर्माता गौतमले पनि एफडीसँगको सहकार्यले सिनेमालाई लक्षित दर्शकसम्म पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

सिनेमामा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङको मुख्य भूमिका रहने छ । त्रिकोणात्मक प्रेमकथा बताइएको सिनेमालाई गोविन्द फुयाँल र निर्देशक नवल नेपालले मिलेर लेखेका हुन् । सन्जय लामाको छायांकन रहने सिनेमा माघको दोस्रो साताबाट फ्लोरमा जाने निर्माण टिमले जानकारी गराएको छ ।

सिनेमा निर्माणमा पुनम गौतमलाई अजय पोखरेल र राजा प्रधानले साथ दिएका छन् । सिनेमामा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी लगायतका कलाकारको पनि अभिनय रहने छ । सिनेमामा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ ।