अर्पण र दिपेन्द्रको ‘घर’मा सुरक्षा फाइनल

अर्पण र दिपेन्द्रको ‘घर’मा सुरक्षा फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शर्मिला पाण्डेको प्रस्तुतीमा निर्माण हुने सिनेमा ‘घर’को मुख्य भुमिकामा अभिनेत्री सुरक्षा पन्त फाइनल भएकी छन् । अर्पण थापाले निर्देशन गर्न लागेको हरर सिनेमा ‘घर’ निर्माण टिमले विहिबार नायिका सुरक्षा पन्तलाई साइन गराएको हो । गत साता मात्रै सिनेमा ‘घर’को एक कार्यक्रमका बिच निर्माणको औपचारिक घोषणा गरिएको थियो ।

नायिका पन्त घरका लागि फाइनल भएको सिनेमाका निर्माता दिपेन्द के.खनालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले लेखेका छन, ‘घर’को परिवार पुरा हुँदै । ‘घर’ टिममा लिड अभिनेत्रीको लागि सुरक्षा पन्तलाई स्वागत !’ दिपेन्द्रले निर्देशन गरेका दुई सिनेमा ‘धनपति’ र ‘चंङ्गा चेट’मा पनि सुरक्षाको मुख्य भुमिका रहेको थियो । सिनेमा ‘घर’मा दुई नायिकाको मुख्य भूमिका रहनेछ । अब एक जना मात्रै नायिका तय हुंन बाँकी रहेको डिएस डिजीटल प्रा.लीका सदस्य तथा निर्देशक दिपेन्द्र के खनालले बताए ।

निर्देशक दिपेन्द्र के.खनालसँगको सहकार्यमा निर्माता सुरज पाण्डेले सिनेमा घर निर्माण गर्न लागेका हुन् । सिनेमामा सन्तोष अधिकारी सह-निर्माताको रुपमा रहेका छन् भने निरज कंडेल छायांकन गर्ने छन् ।