फ्राईडे रिलिज : दुई नेपाली सिनेमा ‘जय श्री दाम’ र ‘जे सुकै होस्’

फ्राईडे रिलिज : दुई नेपाली सिनेमा ‘जय श्री दाम’ र ‘जे सुकै होस्’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २० गते शुक्रबारबाट दुई नेपाली सिनेमाले प्रदर्शनको सुरुवात गरेका छन् । आजबाट प्रदर्शनमा आएका सिनेमा हुन् ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ । सानो बजेटमा निर्माण भएका यि सिनेमा न्युन प्रचार प्रसारका विच प्रदर्शनमा आउँदै छन् । ‘जय श्री दाम’लाई विप्लप उप्रेतीले निर्देशन गरेका हुने, भने ‘जे सुकै होस्’लाई म्युजिक भिडियो निर्देशक उमेश गुरुङले निर्देशन गरेका हुन् ।

पृथ्वी उप्रेती र मनोज उप्रेती कार्यकारी निर्माता रहेको सिनेमामा मित्र डि गुरुङ र रविन आचार्य सह निर्माताको रुपमा रहेका छन् । ‘जय श्री दाम’मा अमृत ढुगांना, विनोद न्यौपाने, प्रमोद अग्रहरी, जेविका कार्की, राजन खतिवडा, बिष्णु सापकोटा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा रविन आचार्यको डिओपी, नवराज उप्रेतीको छायांकन, अमरदीप सापकोटा र विप्लप उप्रेतीको पटकथा तथा संवाद रहेको छ ।

नवराज जंग थापाले निर्माण गरेको सिनेमा ‘जे सुकै होस्’मा उमेश गुरुङको कथा, सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डिआर अटुको संगीत, निर्देशक उमेश गुरुङको कोरियोग्राफी रहेको छ । सिनेमामा उमेश गुरुङ, चन्दा दाहाल, किश्मत तामाङ, रोशन श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन वि अन्जान, इश्वर फुयाँल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।