‘गरुड पुराण’मा प्रौढ र तन्नेरी युवाको दोहोरो भुमिकामा कर्मा

‘गरुड पुराण’मा प्रौढ र तन्नेरी युवाको दोहोरो भुमिकामा कर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ ४ गतेबाट रिलिज हुने सिनेमा हो ‘गरुड पुराण’ । यो सिनेमामा मुख्य कलाकार मध्येका एक कर्मा शाक्यलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । सिनेमामा कर्मा २५ वर्षे लभरबोइज र प्रौढ ब्याक्तीको रुपमा देखिएका छन् । सिनेमाको रिलिज मिती नजिकिँदै गर्दा निर्माण टिमले कर्माका दुई फरक गेटअपको तस्वीर सार्वजनिक गर्दै खोहोरो भुमिका बारे खुलासा गरेको हो ।

सिनेमाका निर्देशक सुवास कोइरालाका अनुसार गरुड पुराणमा कर्मा २५ वर्षिय तन्नेरी भूमिकामा छन् । यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन् । यिनै कर्माले यो सिनेमामा ६० वर्षको प्रौढ व्याक्तीको भूमिका पनि निर्वाह गरेका छन् । तर निर्देशक कोइरालाले पौढ भूमिकाको बारेमा खुलासा गरेका छैनन् । सिनेमामा यो भूमिका निर्वाह गर्न कर्मालाई निकै गाह्रो परेको थियो । तर दुबै भूमिकामा न्याय गरेको निर्देशक सुवासले बताएका छन् ।

कर्माको दोहोरो भूमिका बारे कोईरालाले भने,‘उनको युवा भूमिका मुख्य हो भने पौढ भूमिका सहायक हो । तर युवा भूमिका निर्वाह गर्न जती सजिलो थियो पौढ भूमिका त्यत्तिकै चुनौतीपूण भए पनि दुबै भूमिकालाई कर्माले सफल बनाएका छन् । ’

सुवास कोईरालाले निर्देशन गरेको ‘गरुड पुरुण’ पारिवारिक हाँस्य प्रधान सिनेमा हो । सिनेमामा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियँका सिंह, कमल देवकोटा, जान्वी बोहोरा लगायतका कलाकारको अभिनय छ ।

आकाश बराल, बिनोद खतिवडा र सुवासले मिलेर पटकथा तथा संवाद लेखेको यो सिनेमाको कथा कसम नेपालले तयार गरेका हुन् । अजित प्रजापति र अशोक गौतमको लगानी सिनेमामा रहेको छ । सिनेमामा सुसन प्रजापतिको छायाँकन, कोसिस क्षेत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।