मोफसल टुर सकेर काठमाडौं फर्कियो ‘चौका दाउ’ निर्माण टिम

मोफसल टुर सकेर काठमाडौं फर्कियो ‘चौका दाउ’ निर्माण टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारदेखि अल नेपाल प्रदर्शमा आउने सिनेमा ‘चौका दाउ’ निर्माण युनिटले मोफसल टुर सकिएको छ । ‘चौका दाउ’का निर्देशक पुर्णेन्दु झा, सन्तोष पन्त, वर्षा राउत लगायतको टिम मोफसल टुर सकेर काठमाडौं फर्किएको छ । हेटौडा, चितवन, बुटवल, पोखरा लगायतका सहरमा ‘चौका दाउ’ निर्माण टिम पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सिनेमाको बारेमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा हास्यब्यँग्य कलाकार सन्तोष पन्तले बिगतमा सिनेमामा १०/१५ सिनमा सिमित रहनु परे पनि ‘चौका दाउ’मा सुरुदेखि अन्त्यसम्म आफ्नो रोल रहेको बताए । आफु सिनेमामा वर्षाको प्रेमी भएर काम गर्दाको अनुभव सुनाउँदै उनले भने,‘मेरो छोरीको उमेरकी वर्षा राउतको प्रेमी हुनुले पनि यो सिनेमाको कथा कस्तो छ भन्ने दर्शकले बुझ्नु हुन्छ । सिनेमाले दर्शकलाई दुई घन्टासम्म मज्जाले हँसाउँछ, किनकी यो पूर्ण मनोरञ्जन प्रधान सिनेमा हो ।’

सञ्चारकर्मीसँग भेटघाटको क्रममा अभिनेत्री वर्षा राउतले ‘चौका दाउ’ आफुले अभिनय गरेका बिगतका सिनेमा भन्दा फरक रहेको बताईन्,‘मैले मुख्य नायिकाको भूमिका निर्वाह गरेको यो दोस्रो महत्वपूण सिनेमा हो र यसमा कथा नै मेरी वरीपरी घुमेको ट्रेलरबाट यहाँहरुले अनुमान गरिसक्नु भएको छ ।’ तर ट्रेलरमा नआएका धेरैकुरा सिनेमामा रहेको र ती दृष्यले दर्शकलाई सक्दो रमाईलो दिने पनि उनले जानकारी गराईन् । सिनेमामा आफु केटाहरुलाई फसाउने उर्वसीको भूमिकामा रहेको र अन्त्यमा आफु पूर्ण सकरात्मक देखिएको पनि उनले खुलाईन् ।

निर्देशक पुर्णेन्दु झाले ‘चौका दाउ’मा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह र पाँचौ चौकाको रुपमा अजश्र ढुँगाना रहेको बताए । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए । सिनेमाको कथाले दर्शकलाई प्रभाव पार्ने र सिनेमाले पुरा हँसाउने पनि उनले जिकिर गरे ।

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको सिनेमाको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् । सिनेमामा वसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।