साम्राज्ञीले उद्घाटन गरिने युबी थापाको ‘युरेशा लेडिज रेडी वएर’

साम्राज्ञीले उद्घाटन गरिने युबी थापाको ‘युरेशा लेडिज रेडी वएर’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयकी हटकेक अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनलाई नेपालकी एक मात्र सुपरस्टार अभिनेत्रीको रुपमा लिने गरिन्छ । उनलाई आफ्नो सिनेमामा काम गराउन चाहने निर्माता तथा निर्देशकको लाइन लामै छ । तर साम्राज्ञी भने थोरै तर राम्रो सिनेमा छानेर मात्रै काम गरिरहेकी छन् । उनै साम्रज्ञी शनिबार न्युरोडको पिपुल्स प्लाजाको छैटौं तलामा अवस्थीत ‘युरेशा लेडिज रेडी वएर’को उद्घाटन गर्न पुगीन् ।

डिजाइनर युवी थापाले आफ्ना दुई सहकर्मीसँग मिलेर खोलेको उक्त लेडिज लुगा पसलको उद्घाटन स्टार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले रिवट काटेर गरेकी हुन् । रिवट काट्ने कार्यक्रममा साम्राज्ञीसँग आमा नेहा राज्यलक्ष्मी शाह र प्रेमी देवांशु राणाको साथमा पुगेकी थिइन् । अहिले साम्रज्ञी आफु पुग्ने हरेक कार्यक्रममा आमा नेहा र प्रेमी देवांशुलाई छुटाउदिनन् ।

जसले गर्दा पनि अहिले नेपाली मिडियामा साम्राज्ञीको प्रेम चर्चा निकै हुने गर्छ । युरेशाको उद्घाटनमा साम्राज्ञीले सम्भवतः प्रेमीसँग पहिलो पटक मिडिया सामु तस्बिर खिचाइन् । युरेशाको उद्घाटन भएर साम्राज्ञी र आमा नेहाको अन्तरवार्ता नसकिंदासम्म दिवांशु पर्खेर बसेका थिए ।

फिल्म ‘मारुनी’ को प्रेसमिटमा साम्राज्ञीलाई प्रेमी लुकाउन निकै कसरत गर्नु परेको थियो । तर युरेशा उद्घाटनमा भने साम्राज्ञीले सहज रुपमै आमालाई छेउमा राखेर आफ्ना प्रेमसँग मिडियालाई तस्बिर खिच्न दिइन ।