अमेरिकामा नितालाई ‘एक्टर अफ दि इयर फिमेल’को अवार्ड

अमेरिकामा नितालाई ‘एक्टर अफ दि इयर फिमेल’को अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं निता ढुगांनालाई यो वर्ष निकै फलिफाप भएको छ । गतवर्ष रिलिज भएको अधिकांश अवार्ड समारोहमा निताले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन । सुरुवातमा प्रदर्शनको तयारीमा रहेको सिनेमा पञ्चायतबाट अमेरिकामा सम्पन्न अन्तराष्ट्रिय अवार्डमा उनले उत्कृष्ट अभिनेत्री अवार्ड हात पारेकी थिइन । भने उनले २०१९को सुरुवातमा उनलाई फेरी अमेरिकामा सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा उत्कृष्ट अभिनेत्रीका अवार्ड हात पारेकी छन् ।

‘पञ्चायत’ले व्यावसायिक सफलता हात पार्न नसके पनि नितालाई भने नेपाल तथा विदेशमा हुने अधिकांश अवार्ड हात परिरहेका छन् । केहीदिन पहिले अमेरिकाको कोलोराडोमा सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘पञ्चायत’बाट ‘एक्टर अफ द इयर फिमेल’ अवार्ड दिएको हो । ‘पञ्चायत’ले रोम्रो व्यापार नगरेता पनि उनले सिनेमामा गरेको अभिनय भने दर्शक तथा सिनेमाकर्मीले मन पाराएका थिए ।

निताले यो वर्ष ‘डिसिने अवार्ड’, ‘एलजी सिने सर्कल अवार्ड’ र अहिले आएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’सँगै एक अन्तराष्ट्रिय अवार्ड गरि चार अवार्ड हात पारिसकेकी छन् । अहिले निता ढुगांनाले भोजपुरी सिनेमा ‘शेर ए हिन्दुस्तान’ र नेपाली सिनेमा ‘साइनो’, ‘दि कर्मा’मा काम गरेकी छन् । भने ‘बकम्फुसे राजा’ छायांकनको तयारीमा रहेको छ । यसका अलवा निताले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।