‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ भन्दै पोखरामा कृष्टिन फकाउँदै हरिहर

‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ भन्दै पोखरामा कृष्टिन फकाउँदै हरिहर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चत्रै १५ गतेबाट प्रदर्शन हुने सिनेमा ‘शुभलभ’को यतीबोला पोखरामा एक गीतको छायांकन भैरहेको छ । सिनेमामा समावेश सम्पुर्ण छायांकन सकिएको सिनेमाको दुई गीतको छायांकन बाँकी रहेको थियो त्यही मध्ये एक गीतको छायांकन अहिले चलिरहेको छ । भने बाँकी गीतको छायांकन दुवैमा गरिने निर्माण टिमले जनाएको छ ।

‘शुभलभ’बाट युवा ज्योतिषी हरिहर अधिकारी सिनेमामा डेब्यु गर्दैछन् । युवा उमेरमा नै ज्योतिष विधामा आफूलाई स्थापित गरिसकेका हरिहरले ‘शुभलभ’मा पनि एक प्रख्यात युवा ज्यातिषकै भूमिका निर्वाह गरेका छन् । अर्थात् उनको आफ्नै जीवनसँग जोडिएका केही हिस्सा सिनेमाको कथासँग जोडेका छन् ।

‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतमा हरिहरलाई डेब्यु अभिनेत्री क्रिस्टिन पौडेललाई साथ दिएकी छन् । गीतमा प्रमीले आफ्नो रिसाएको प्रेमिकालाई फकाउँदै गरेको देख्न सकिने निमार्ण टिमको भनाई रहेको छ । केहिदिन देखि छायांकन भैरहेको गीत खिच्न अझै तीन दिन लाग्ने निर्देशक सन्तोष बाबु लोहनीले बताए ।

छायांकन भइरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ, भने निशान भट्टराईले गीतमा स्वर दिएका छन् । उक्त गीतमा हरिहर अधिकारी र क्रिस्टिन पैडेललाई कोरियोग्राफर रामजी लामिछानेले नचाइरहेका छन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्त प्रदीप कुमार उदय हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।