पल र श्रद्धाको ‘हृदय भरी’ बन्ने अफिसियल घोषणा

पल र श्रद्धाको ‘हृदय भरी’ बन्ने अफिसियल घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने सिनेमामा पल शाह , निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, अनुपम श्रेष्ठ , आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ ।

यसै सिनेमा मार्फत श्रद्धा क्षेत्री नेपाली सिनेमामा डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । सिनेमालाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोनात्मल प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् ।

सिनेमा घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राइ , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले सिनेमालाई सफलताको शुभकामना दिएका थिए । राजकुमार , आकाश सहित सिनेमा युनिटले पोस्टर अनावरण गर्दै सिनेमाको फस्ट लुक्स सार्वजनिक गरेका थिए ।

सिनेमामा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको कथा लेखन , बिपिन मल्लको सम्पादन रहेनेछ । सिनेमाको छायाँकन फागुनको तेस्रो साताबाट सुरु हुने छ ।