द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएको छ । आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहेको यो सिनेमाको ट्रेलर काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
सिनेमाको ट्रेलर आर्कषक छ । ट्रेलरमा आशिरमानको प्रेम र रोमान्सलाई देखाइएको छ भने पोखरा तथा अस्ट्रेलियाका विभिन्न स्थानमा सिनेमा छायांकन गरिएको छ । युट्युबमा सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले रुचाएको भन्दै प्रतिक्रिया दिएका छन् । सिनेमाको डायलग र स्टोरीलाइनले मन जित्न सक्ने समेत दर्शकले अनुमान गरेका छन् ।
यो सिनेमामा आशिरमान र शिल्पा मास्केका अलवा रेमनदास श्रेष्ठ, सरोज खनाल, इट्छ्या कार्की लगायतले अभिनय गरेका छन् ।
सुरेन्द्र पौडेलले सम्पादन गरेका यो सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् भने रुपक थापा, दीपक खतिवडा, रेनु राना र हेमराज बिसीले मिलेर निर्माण गरेका हुन् ।
फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमामा कथा, पटकथा तथा निर्देशन हेमराज बिसीको रहेको छ ।
प्रतिक्रिया