अर्पणको हरर सिनेमा ‘घर’को छायांकन सुरु

अर्पणको हरर सिनेमा ‘घर’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – शर्मीला पाण्डेको प्रस्तुतीमा निर्माण हुन लागेको सिनेमा ‘घर’को सोमबारबाट छायांकन प्रारम्भ गरिएको छ । कलाकार अपर्ण थापाको लेखन तथा निर्देशन रहने सिनेमालाई दीपेन्द्र के खनाल र सुरज पाण्डेको लगानी रहने छ । ‘घर’मा अपर्ण थापाका अलवा सुरक्षा पन्त, बेनिशा हमाल र अस्मिता खनालको मुख्य भुमिका रहने छ ।

हरर कथामा निर्माण हुने सिनेमा काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै छायांकन सुरु गरिएको हो । सिनेमाको समपुर्ण छायांकन २० दिनमा सक्ने लक्ष्य निर्माण टिमको रहेको छ । घरमा निरज कँडेलको छायांकन रहने छ ।