पत्रकार बलामीमाथि भयको दुव्यर्वहार बारे चलचित्र पत्रकार संघको भर्त्सना

पत्रकार बलामीमाथि भयको दुव्यर्वहार बारे चलचित्र पत्रकार संघको भर्त्सना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंको दरबारमार्ग स्थित क्युज सिनेमा हलमा बुधवार सिनेमा ‘शुभ लभ’ को कार्यक्रमका बेला चलचित्र पत्रकार संघ नेपालका सचिव तथा सिने पत्रकार समिर बलामी माथि क्युज हलका कर्मचारीले हातपात गरेको विषयलाई लिएर चलचित्र पत्रकार संघ नेपाल ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महासचिव अनिल यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलनका क्रममा हलका कर्मचारीले हातपात गर्नु समाचार सम्प्रेषणमा अवरोध साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो, हलका कर्मचारीको यस्तो ज्यादतीप्रति संघ घोर निन्दासहित कडा शब्दमा भत्र्सना गर्दछ ।’ प्रायः सिनेमाको कार्यक्रम हुने सो हलमा एक कर्मचारीले पत्रकार बलामीमाथि दुव्यर्वहार गरेका थिए । कर्मचारीले ठाडो व्यवहार गरेपछि बलामीले प्रतिवाद गरेका थिए ।