‘यात्रा’को पोस्टरमा रोमान्टिक सलिनमान र मल्लिका

‘यात्रा’को पोस्टरमा रोमान्टिक सलिनमान र मल्लिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – चैत्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षीत सिनेमा ‘यात्रा’को तीन अफिसियल पोस्टरहरु सार्वजनिक गरिएको छ । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको सिनेमा पोस्टर आकर्षक बनाइएको छ । सार्वजनिक दुई पोस्टरमा डेब्यु अभिनेत्री मल्लिका महत्त र अभिनेता सलिनमान बनियाँलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ भने तेस्रो पोस्टरमा अभिनेता सलोन बस्नेतसहित सिनेमाका अन्य मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।

सलिनमान डेब्यु सिनेमा ‘ए मेरो हजुर २’ रिलिज भएकाको करिब दुई वर्षपछि यात्रा मार्फत पर्दामा देखिन लागेका छन् । सलिनमान ‘यात्रा’ मा एक भ्लगरको भूमिकामा देखिएका छन् । सिनेमामा सलोन बस्नेत,जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । सिनेमामा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् । केही दिनमा यस सिनेमाको पहिलो गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

निर्माण टिमले यात्रालाई जर्नी लभस्टोरी बताएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सिनेमालाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । सिनेमाका बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह निर्माता छन् ।

सिनेमामा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको सिनेमाको गीतमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । सिनेमाका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रले संगीत तयार पारेका छन् ।