शुक्रबारदेखि हलमा दुई सिनेमा ‘आरोप’ र ‘बैना’ रिलिज

शुक्रबारदेखि हलमा दुई सिनेमा ‘आरोप’ र ‘बैना’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको हप्ता ‘गरुड पुराण’ शोलो रिलिज भएता पनि यो शुक्रबारदेखि दुई नेपाली सिनेमाले प्रदर्शनको सुरुवात गरेका छन् । माघ ११ गते शुक्रबारबाट अमर ओली निर्देशीत ‘आरोप’ र दिल प्रकाश याक्सो निर्देशीत सिनेमा ‘बैना’ बक्सअफिसमा आमने सामने भएका छन् । ‘आरोप’ र ‘बैना’ एक्सन लभस्टोरीमा निर्माण भएका छन् । आजबाट प्रदर्शनमा आएका दुई सिनेमा न्युन प्रचार प्रसारका बिच हलमा रिलिज भएका हुन् ।

दिलासा क्रियसनको ब्यानरमा केही बर्ष पहिले निमार्ण भएकको सिनेमामा किशोर खतीवडा, संचिता लुँइटेल, राजन गहतराज, राजु राउत, उद्धव गिरी, ऋिचा थापा, रश्मी भट्ट, सुशील पोखरेल, दिपिका ढकाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । अमर ओलीले निर्देशन गरेको सिनेमामा दिनेश पाठक र विज सापकोटाको लगानी रहेको छ ।

यही शुक्रबार बिना प्रचार प्रसार सुवास मेचे, सुरवीर पण्डित, रन्जिता लिम्बु अभिनीत सिनेमा बैना पनि प्रदर्शनमा आएको छ । बैना लिङदेन फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।