‘रणवीर’ को गीत रिलिज, सुशीलको मायामा सुभेच्छा (भिडियो)

‘रणवीर’ को गीत रिलिज, सुशीलको मायामा सुभेच्छा (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइमस, काठमाडौं – आउँदो हप्ता अर्थात् माघ १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रणवीर’ को रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको छ । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्काको अभिनय छ ।

पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् ।

सुभेच्छाले यस किसिमको गीतमा पहिलो पटक देखिएको बताइन् । गीतबारे बोल्दै उनले भनिन्, ‘मलाई निकै खुसी लागेको छ र यस किसिमको लभ गीतमा पहिलो पटक देखिएकी हुँ ।’ यो गीतबाट अभिनेता सुशील पनि आशावादी छन् ।

फिल्ममा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा , शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । यस्तै सिनेमालाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सिनेमामा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।