औपचारिक घोषणा भयो पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’

औपचारिक घोषणा भयो पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – म्युजिकल लभ स्टोरी सिनेमा ‘सम्हालिन्छ कहिले मन’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिनेमाको औपचारिक घोषणा गरियो ।

नायिका पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको शीर्ष भूमिका रहने यो सिनेमालाई सुदर्शन थापाले निर्देशन गर्नेछन् । सोनमका लागि यो सिनेमा डेब्यु सिनेमा हो । उनी युट्युब प्रयोगकर्ताका लागि भने नयाँ अनुहार होइनन् ।

सिनेमामा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकार समेत रहने निर्माण टिमले जानकारी गराएको छ । सिनेमाका अन्य कलाकार भने फाइनल हुन बाँकी छ ।

पूजा र आकाशलाई यसअघि सिनेमा ‘रामकहानी’ मा जोडीका रुपमा देखिएको थियो । अब बन्ने सिनेमा त्रिकोणात्मक प्रेमकथामा आधारित छ । महेश दवाडीले कथा तयार पार्ने यो सिनेमाका गीतमा कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

फेब्रअरी ९ बाट छायांकन गरिने यो सिनेमालाई बेलायत र नेपालका विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जनाएको छ । सिनेमामा अमित बस्नेतको लगानी रहनेछ भने परी राना र अजितकुमार थापा सह–निर्माताका रुपमा छन् । यस्तै कार्यकारी निर्मातामा सनिस खकुरेल छन् ।