‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक,चैत ८ मा रिलिज

‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक,चैत ८ मा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –  ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘माया संसार…’ बोलको गीत सार्वजनिक गर्‍यो । गीतमा हर्कुलस बस्नेतको संगीत,स्वर छ । 

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । नाजिर हुसेन , शिल्पा मास्के भोलाराज सापकोटा र सरिता गिरी सिनेमाका प्रमुख पत्र हुन् । सिनेमा चैत ८ गते रिलिज हुदै छ ।

गीत हेर्नुहोस् :-