द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रका बरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । उनको शुक्रबार उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । राणको निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले पुष्टि गरिन । राणाको केही समयदेखि बिरामी थिए ।
बरिष्ठ कलाकार बिएस राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो । उनले अभिनय गरेको पहिलो सिनेमा ‘अन्याय’ हो । वि.सं २०४१ सालमा बनेको यो सिनेमाबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका उनले सय भन्दा बढी सिनेमामा काम गरेका छन् । उनले केही टेलिसिरयलहरुमा पनि काम गरेका छन् ।
उनले अभिनय गरेका सिनेमाहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया