सुमीको एक्सन अवतार रहने सिनेमा ‘सरौतो’को निर्माण घोषणा

सुमीको एक्सन अवतार रहने सिनेमा ‘सरौतो’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २२ गतेबाट फ्लोरमा जाने सिनेमा ‘सरौतो’को निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमा निर्माणको अफिसियल घोषणा गरिएको हो । सिनेमामा सुमी मोक्तानले ’डायरी’ फेम्ड अभिनेता सन्नी सिंहसँग रोमान्स गर्नेछिन् । मोडलबाट अभिनेत्रीमा छलाङ्ग लगाएकी सुमी मोक्तानलाई सिनेमा ‘सरौतो’ मा एक्सन अवतारमा देख्न पाइन निर्माण टिमले जनाएको छ ।

सिनेमाको घोषणा कार्यक्रमका सार्वजनिक फस्टलुकमा समेत अभिनेत्री मोक्तानको एक्सन अवतारलाई स्थान दिइएको छ । करीब १ दशकदेखि भिडियो, सिनेमा र विज्ञापनमा छायाँकारको रुपमा सक्रिय हरी हुमागाईंले सिनेमा निर्देशन डेब्यु गर्न लागेका छन् । सिनेमामा सुमी मोक्तान र सन्नी सिंहका अलवा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।

सिनेमाको घोषणा कार्यक्रममा निर्देशक हरी हुमागाईले छायाँकारको रुपमा संगालेको अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए । २० भन्दा बढी सिनेमा खिचिसकेका उनले सिनेमा निर्देशनमा आफ्नो पहिलो प्रयास भए पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

अभिनेत्री सुमीले सिनेमाका लागि २ वर्षदेखि एक्सन ट्रेनिङ लिएको बताइन् । उनले भनिन्, ‘सिनेमामा मेरो भूमिका एकदमै चुनौतीपूर्ण छ । यद्यपि, सिनेमाको चरित्रलाई न्याय गर्न पुर्ण रुपमा लागी पर्नेछु ।’ अभिनेता सन्नीले पनि भूमिका राम्रो भएकाले सिनेमामा काम गर्न राजी भएको बताए ।

उत्तम हुमागाईंको छायांकन रहने सिनेमा राघव कृष्ण गौतमको कथामा निर्माण हुन लागेकोे हो । सिनेमालाई श्री महर्जनले निर्माण गर्नेछन् । राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहने सिनेमा काठमाडौं र बारामा छायाँकन गरिने छ ।