भियतनाममा खिचियो ‘लभ स्टेशन’को रोमान्टिक गीत

भियतनाममा खिचियो ‘लभ स्टेशन’को रोमान्टिक गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – प्रदीप खड्का र जसिता गुरुङ स्टारर सिनेमा ‘लभ स्टेशन’को एक गीतको छायांकन भियतनाममा गरिएको छ । गीतमा समावेश मुख्य कलाकारका रोमान्टिक तस्वीर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको रिलिज मिती समेत फाइनल गरेको छ । अब यो सिनेमा चत्रै २२ गतेबाट अल नेपाल प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

यो सिनेमाका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले लभ स्टेशनको रिलिज मिति चैत २२ मा तोक्नुको कारण प्रस्ट पारेका छन् । निर्माता तथा वितरक शाहीले भने,‘मैले वितरण गरेको सिनेमा क्याप्टेन १७ फागुनमा, साइँली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज चैत २९ मा गरिने भएपछि यी सिनेमाको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई २२ चैतमा रिलिज गर्ने निर्णय गरिएको बताए ।’

यस अघि अमेरिका र भियतनाम युद्ध सम्बन्धि सिनेमा सहित किङकङ, एनाकोण्डा जस्ता हलिउडको सिनेमा छायाँकन गरेको भियतनाममा लभ स्टेशनको एउटा गीत छायाँकन गरिएको हो । सिनेमाको लभ सङ घाम जुन नै चाहिँदैन…को छायाँकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।

यो गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले अभिनय गरेका छन् । भियतनामको विभिन्न निकै सुन्दर स्थानमा छायाँकन गरिएका यो गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक सावित हुने विश्वास निर्माण पक्षको छ । यो गीतको भिडियो अगामी भ्यालेन्टाईनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायाँकन सकेर निर्माण टोली शुक्रबार काठमाडौं आएको हो ।

सिनेमालाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । सिनेमा भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताएका छन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको पनि अभिनय छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।