द सिनेमा टाइम्स, काठमाडौं – चक्लेटी अभिनेता आर्यन सिग्देल बाबु बन्ने भएका छन् । चार वर्ष अघि बैशाखमा प्रेमीका सपना भण्डारीसँग विवाह बन्धनमा बाधिएका थिए । त्यो भन्दा पहिले चार वर्ष उनीहरु एक अर्काको प्रेममा रमाएका थिए । चार वर्ष लामो प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका आर्यनले विवाह गरेको चार वर्ष पछि फागुन महिनाको अन्तिममा बाबु बन्दै छन् । विशेष स्रोतका अनुसार, आर्यन पत्नी सपना भण्डारी ७ महिनाको गर्भवती छिन् । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । उनी आर्यनभन्दा ७ वर्ष कान्छी हुन् ।

अहिले ‘हजार जुनी सम्म’को छायांकनको लागी सिक्कीममा रहेका आर्यन केही दिनमा सिनेमाको छायांकन सकेर नेपाल फर्कीने छन् । नेपाल फर्के पछि आर्यनले श्रीमती सपना भण्डारीमा पुरा समय दिनेछन् । त्यसपछि भने अनिता आर्यन सिग्देल निमार्ता तथा निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार हुने अनाम सिनेमामा व्यस्त हुनेछन् । यो सिनेमाको आर्यन सिक्कीमबाट फर्के लगत्तै एक कार्यक्रमको आयोजना गरि अफिसियल घोषणा गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।


प्रतिक्रिया