‘जानी नजानी’को गीतमा कभर भिडियो प्रतिस्प्रर्धाको घोषणा

‘जानी नजानी’को गीतमा कभर भिडियो प्रतिस्प्रर्धाको घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र १ बाट रिलिज हुने सिनेमा ‘जानी नजानी’को सार्वजनिक पहिलो गीत ‘एउटीलाई मुटुमा घर…’ कभर भिडियो प्रतिस्पर्धा घोषणा गरेको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट कार्यक्रममा आयोजना गर्दै कभर भिडियो प्रतिस्पर्धा घोषणा गरिएको हो । केही समय पहिले सार्वजनिक सिनेमाको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, अम्बिका शर्माको शब्द तथा संगीतकार पोखरेल र गायिका दुर्गा खरेलको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्य कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत र सुमी मोक्तानलाई फिचर्ड गरिएको छ ।

निर्माण टिमका अनुसार गीतको कोभर भिडियो कम्तीमा एक मिनटको हु्नु पर्नेछ । त्यो भन्दा माथि चार मिनटसम्मको भए पनि फरक पर्दैन । ‘उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुने एक जनाले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षसम्मको लागी फिल्म डिप्लोमा कोर्स अध्ययन गर्न पाउने छन् ।’ ‘जानी नजानी’का निर्देशक बसन्त अधिकारीले भने, ‘कभर भिडियो यही २० फागुनभित्र [email protected] इ-मेलमा पठाइसकनु पर्नेछ ।’

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । सिनेमामा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । आधुनिक प्रेम कथामा आधारित सिनेमाको कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै सिनेमा मार्फत थुप्रै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ ।

यो प्रतिस्पर्धाबाट प्राप्त हुने भिडियोलाई ‘डिआईडी सिजन २’का उत्कृष्ट १० मा पर्न सफल कोरियोग्राफ तथा अभिनेता नरेशबीर कंशकारले छनोट गर्नेछन् । सिनेमामा मनिष श्रेष्ठ र निरिशा बस्नेताका अववा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । सिनेमाको संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, बसन्त घर्ति मगरको भीएफएक्स, अर्जुन जिसीको सम्पादन, रहेको छ ।