द सिनेमा टाइम्स, काठमाडौं – पुराना निर्देशक मदन घिमिरेको निर्देशनमा तयार भएको सिनेमा ‘ब्वाइफ्रेण्ड’को प्रदर्शन मिती तय गरिएको छ । लायन कृष्ण खनालले निर्माण गरेको सिनेमा आगामी फागुन १० गतेबाट नेपाल भरका सिनेमा घरमा प्रदर्शन हुदैछ । सिनेमाको रिलिज मिती घोषणासँगै पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।
पछिल्लो समय युवा पिंढीमा मौलाएको ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने मात्रै नभएर अभिभावकले आफ्ना सन्तानप्रतीको जिम्मेवारी बहन नगार्दा आउने परिणामको कस्तो हुन्छ, भन्ने कथा सिनेमाले उठाएको निर्माता सुर्य बुढाथोकीले बताए । बुढाथोकी फिल्मस् प्रोडक्सन प्रा लीको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता सुर्य बुढाथाकी हुन् ।

सिनेमामा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिलवाल, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठ, श्यामकुमार मिश्र, पुजा थापा, शोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
‘ब्वाइफ्रेण्ड’मा कृष्ण चापागाईको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्धन्द्व, पुनम राईको कोरियोग्राफी, सानुकाजी श्रेष्ठ निर्माण सल्लाहकार, कृष्ण श्रेष्ठको छायांकन रहेको छ ।


प्रतिक्रिया