शुक्रबारबाट हलमा ‘समर लभ’ सिंगल रिलिज

शुक्रबारबाट हलमा ‘समर लभ’ सिंगल रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबारबाट सुविन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित सिनेमा ‘समर लभ’ले शोलो रिलिजको मौका पाएको छ । हरेक हप्ता दुई वा दुईभन्दा बढी सिनेमा प्रर्दशन भैरहेको समयमा ‘समर लभ’ले शोलो रिलिजको अवसर पाएको हो । यही मितीमा प्रदर्शनमो तयारीमा रहेको सिनेमा ‘न यता न उता’ र ‘प्रेमलीला’ले प्रदर्शन मिती हेरफेर गरेसँगै यो सिनेमाले सोलो रिलिजको अवसर पाएको हो । सिनेमालाई ‘नाई नभन्नू ल ३’ फेम्ड निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

सिनेमाको सार्वजनिक गीत, संगीत र ट्रेलरले दर्शकबाट पाएको राम्रो प्रतिक्रियाले पनि सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ । सिनेमामा आशिष पिया, रेवती क्षेत्री, सुरज सिंह ठकुरी, सरोज खनाल, नम्रता सापकोटा, शिशिर भण्डारी, मानस विक्रम थापा लगायतका कलाकारमो पनि अभिनय रहेको छ । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने सिनेमाको संवाद सुबिन भट्टराई र सामीप्यराज तिमिल्सेनाले मिलेर लेखेका हुन् । सिनेमामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ ।

बिनोद अधिकारी कार्यकारी निर्माता रहेको सिनेमामा स्वपन सरकार र मनोज बिक सह निर्माताको रुपमा रहेका छन् । सिनेमामा सञ्जय लामाको डिओपी, मानकृष्ण महर्जनको छायांकन, पुष्पन प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी अर्जुन जिसीको सम्पादन रहेको छ ।