नेपाल रिलिजको दुई हप्तापछि जापानमा रिलिज हुने भयो ‘क्याप्टेन’

नेपाल रिलिजको दुई हप्तापछि जापानमा रिलिज हुने भयो ‘क्याप्टेन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फगुन १७ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको बहु प्रतिक्षीत सिनेमा ‘क्याप्टेन’को चर्चा परिचर्चा निकै भैरहेको छ । सिनेमाको सार्वजनिक ट्रेलर र ‘रहर छ सँगै’ बोलको गीतले दर्शकमाझ सिनेमाले दर्शकमाझ राम्रो हाइप बटुल्न सफल भएको छ । सिनेमाको ट्रेलर सार्वजनिक भएपछि सिनेमाको मेकिङ र सुपरस्टार अभिनेता अनमोल केसीले गरेको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । सिनेमाको गीत र ट्रेलरलाई सामाजिक सञ्जाल युट्युबमा दर्शकले क्याप्टेन बलिउड र हलिउड स्तरको बनेको भनेर कमेन्टमा प्रशंसाको शब्द खर्चिएका छन् ।

अनमोलले पहिलो पटक फुटबल खेलाडीको रुपमा देखिएका छन् । सिनेमामा उनले इशान खड्का नामक खेलाडीको भुमिकामा देखिएका छन् । जुन भुमिकालाई दर्शकले अत्याधिक रुचाएका छन् । सिनेमाको सार्वजनिक ट्रेलरकै कारण अहिले विदेशमा समेत माग बढ्न थालेको छ । नेपाल प्रदर्शन अगावै निर्माता भुवन केसीले महँगो मुल्यमा विभिन्न देशका लागि सिनेमाको प्रदर्शन अधिकार विक्री गरिसकेका छन् । नेपाल प्रदर्शन लगत्तै क्याप्टेन जापानमा प्रदर्शन हुने तय भएको छ । सिनेमा मार्च १७ तारिखमा टोकियोमा रिलिज हुने आयोजक संस्था डेस्टिनी क्रियशनसँग सहकार्य गरेर सुवास लामिछानेले सिनेमा प्रदर्शन गर्दैछन् ।  ।

यही सिनेमाबाट अनमोल केसीको जोडी भएर उपासना सिंह ठकुरी र प्रियंका एमभीले नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका छन् । क्याप्टेनमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सुपर काजल फिल्मस्को क्यानरमा निर्माण भएको ‘क्याप्टेन’का लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । सिनेमाको कथा सामिप्यराज तिमल्सिनाको हो । जिया केसी कार्यकारी निर्माता रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रेनेशा वान्तवा राईको कोरियोग्राफी, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ ।