‘ए मेरो हजुर ३’को टिजर आइतबार रिलिज हुने

‘ए मेरो हजुर ३’को टिजर आइतबार रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी नयाँ वर्षको अवसर पारेर रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक हुने भएको छ । टिजर सार्वजनिक भएको एक सातामै सुहानाको सोलो नृत्य रहेको एउटा गीत सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ । सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘ए मेरो हजुर ३’बाट अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले छोरी सुहाना थापाले नेपाली सिनेमामा डेब्यु गराउँदै छन् । सुहाना यो सिनेमामा सुपरस्टार अभिनेता अनमोल केसीको अपोजिटमा देखिदै छिन् ।

यो अभिनेत्री झरना थापाको दोस्रो निर्देशकीय सिनेमा हो । झरनाले निर्देशन गरेको पहिलो सिनेमा ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो । झरनाले यही सिनेमाबाट अभिनेता सलिनमान बनियाँलाई डेब्यु गराएकी थिइन् । उनै सलिनमा अभिनीत दोस्रो सिनेमा ‘यात्रा अ म्युजिकल भ्लग’ र ‘ए मेरो हजुर ३’ एकै दिन प्रदर्शनमा आउँदैछन् ।

सिनेमामा अनमोल र सुहानाका अलवा सरोज खनाल, अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमा ‘ए मेरो हजुर ३’ निर्माण टिम केही दिन पहिले मात्रै अमेरिकामा केही सिन र एक गीतको छायाँकन सकेर नेपाल फर्किएको थियो । श्रोतका अनुसार ‘क्याप्टेन’ रिलिज भन्दा पहिले ‘ए मेरो हजुर ३’को प्रचार सामाग्रीमा अभिनेता अनमोल केसीलाई समावेश गरिने छैन् । ‘क्याप्टेन’ रिलिज पश्चात भने अभिनेता अनमोल केसीले सिनेमालाई पुर्ण समय दिने छन् ।