कलाकारलाई स्टार दर्शकले बनाउने हो, निर्देशकले होइन : हेमराज बिसी

कलाकारलाई स्टार दर्शकले बनाउने हो, निर्देशकले होइन : हेमराज बिसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शन हुने सिनेमा ‘दि ब्रेकअप’ निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन् । यो सिनेमा सुपरस्टार अनमोल केसी अभिनित सिनेमा ’क्याप्टेन’संग बक्सअफिसमा आमने सामने हुदैछ । ’होस्टेल’बाट सिनेमा निर्देशनमा डेव्यु गरेका निर्देशक हेमराज बिसीले यही सिनेमाबाटै अभिनेता अनमोल केसीलाई सिनेमा डेब्यु गराएका थिए । उनै निर्देशक हेमराजले अनमोललाई स्टार बनाएको सम्म चर्चा सिनेमा नगरीमा चलीरहेको छ । तर यतीवेला अनमोल अभिनीत र हेमराज निर्देशीत सिनेमा एकैदिन सिनेमा घरमा प्रदर्शन हुदैछन् ।

केही दिन पहिले निर्देशक हेमराजलाई ‘दि ब्रेकअप’को प्रचारमा पत्रकारले प्रश्न गरे । अनमोल स्टार बनाउनेको क्रेडिट तपाइँलाई जान्छ भनिन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा हेमराजले भने, ’स्टार दर्शकले बनाउने हो कुनै निर्देशकले होइन, मैले अनमोललाई स्टार बनाएको होइन् ।’ मैले त मेरो क्षमताले भ्याएसम्म एउटा राम्रो सिनेमा बनाएर दर्शकलाई दिने कोशिश गर्दै आएको भन्दै हेमराजले त्यो यात्रामा कुन कलाकारलाई माया दिने स्टार बनाउने भन्ने दर्शकको हातमा रहने बताए ।

आफ्नै निर्देशन रहेको सिनेमा ’ग्याङ्गस्टर ब्लूज’बाट डेब्यू गराएका अभिनेता आशिरमान देशराज जोशीसँग नै हेमराजले ’दि ब्रेकअप’मा पनि काम गरेका छन् । यो हेमराज र आशिरमानको दोश्रो सहकार्य हो । अनमोलसँग ’होस्टेल’, ’जेरी’ र ’गाजलु’मा काम गरेका हेमराजले फरक प्रसङ्गमा कामको हिसाबले भने आशिरमान प्रफेक्ट भएको बताए ।

दुबै अभिनेतासँग दोहोरिएर काम गर्नुभएको छ, अभिनयको अब्बलतामा कसलाई रोज्नुहुन्छ भन्ने प्रश्नमा हेमराजले भने, ’आइ विल गो विथ आशिरमान ।’ ’व्यवहार दुबैको राम्रो छ, प्रफमेन्सको हिसाबले स्कृप्ट अनुसार काम दुबैले राम्रो दिनसक्छन्, हेमराजले थपे, ’ग्याङ्गस्टर ब्लूजदेखि ब्रेकअपसम्म आउँदा आशिरले गरेको कामबाट आफु प्रभावित छु ।’

हेमराजले ’होस्टेल’मा काम गर्दादेखि आजसम्म आफु पनि निखारिँदै आएको बताए । ’अनमोलबाट ’होस्टेल’ ’जेरी’मा जुनप्रकारको काम निकाल्न सकेँ त्यो भन्दा राम्रो काम आज आशिरमानबाट पाएको भन्दै भोलीको दिनमा अनमोलसँग काम गर्दा त्यो भन्दा बेटर निकाल्न सक्छु उनले भने, ’समयक्रम अनुसार कलाकार र निर्देशकदेखि लिएर हरेक काममा निखारता आउँछ त्यसमा दोश्रो सिनेमासम्म आइपुग्दा अनमोलको भन्दा केहि बढि राम्रो काम आशिरमानबाट पाएको उनको भनाइ थियो । यो भन्दै गर्दा तपाईहरुको प्रश्नको जवाफ फर्काउन आफुलाई निकै गाह्रो परेको हेमराजको भनाइ थियो ।