द सिनेमा टाइम्स, काठमाडौं – फागुन १० गते रिलिज हुने भनिएको सिनेमा ‘प्रेमलीला’को रिलिज मिती पुन:पास्टपोन्ड गरिएको छ । पहिले माघ २५ गते रिलिज हुने भनिएको सिनेमाको भिएफएक्सको काम नसकिएको भन्दै फागुन १० पुगेको थियो अहिले यो सिनेमाको रिलिज मिती चैत्र ८ लाई फाइनल गरिएको निर्मात्री तथा अभिनेत्री दिपशिखा खड्काले बताइन । आफुने सिनेमाको व्यापारसँगै आफ्नो करियरलाई हेरेर सिनेमाको रिलिज मिती पोस्टपोन्डको उनको भनई छ ।
जनक पाण्डे निर्देशीत सिनेमा फैजली फिल्मस् प्रोडक्सनको ब्यानरमा दिपशिखा खड्का र नानी मैया कार्कीले संयुक्त रुपमा सिनेमा निर्माण गरेकाका हुन् । निर्देशक जनक पाण्डेले सिनेमाको छायांकन नसकिदै सुटिङ्ग छाडेर सम्पर्क विहिन भए पश्चात सम्पुर्ण काम अभिनेत्री तथा निर्माता खड्काले नै सिनेमा पुरा गरेकी हुन् । दीपशिखा खड्काका अलवा भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको सिनेमामा मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय छ ।
नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको सिनेमाले अन्तर्देशीय प्रेमकथा वाचन गरेको छ । सिनेमामा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक राम दुलालको सम्पादन रहेको छ । सिनेमाको फस्टलुक पोस्टर र दुई गीत सार्वजनिक भइसकेको छ । सिनेमामा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।


प्रतिक्रिया