अनमोल भन्छन्, – स्कुलमा फुटबल खेलीन तर स्विमिङमा राष्ट्रिय लेभलसम्म पुगे

अनमोल भन्छन्, – स्कुलमा फुटबल खेलीन तर स्विमिङमा राष्ट्रिय लेभलसम्म पुगे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगमी शुक्रबारबाट रिलिज हुने सिनेमा हो ‘क्याप्टेन’ । बहुप्रतिक्षीत सिनेमा क्याप्टेनको सार्वजनिक ट्रेलर, गीत संगीतले दर्शकमाझ निकै हाइप बनाएको छ । सिनेमा पण्डितहरुका अनुसार क्याप्टेनको इनिसियल व्यापार बम्पर हुने बताउछन् । तर त्यसपछि भने सिनेमाको कथावस्त र मेकिङ्गले दर्शक हलसम्म आउने गर्छन् । अभिनेता अनमोल केसी सिनेमामा पहिलो पटक लभरब्वाईबाट फुटबल खेलाडी बन्दै छन् । अनमोलले क्याप्टेनमा इशान खड्का नामक पात्रको भुमिका निर्वाह गरेका थिए ।

स्कुल जीवनमा कहिले पनि फुटबल नखेलेका अनमोलले पहिलो पटक सिनेमाको पर्दामा देशका लागी फुटबल खेलेका छन् । अनमोल भन्छन्, ‘स्कुलमा सरहरुले मलाई अग्लो भएका कारण जहिले बास्केट बल खेलाउथे । तर अनमोललाई भने बास्केट बल भन्दा फुटबल र स्वीमिङ बढी मन पथ्र्यो । उनले स्वीमिङ लगायतका थुप्रै खेलमा स्कुल लेभलमा मेडल समेत जितेका छन् ।’ यस्तै आफुले स्वीमिङमा राष्ट्रिय लेभलसम्म खेलेको अनुभव अनमोलसँग छ । सायद यदी मैले सिनेमा काम नगरेको भए खेलाडी बन्थे होला अनमोल भने ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।