प्रियंका र आयुष्मान बने स्वच्छ वातावरणको अभियान्ता

प्रियंका र आयुष्मान बने स्वच्छ वातावरणको अभियान्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आयुष्मान देशराज जोशी अभिनेत्री प्रियंका कार्कीको रियल जोडी स्वच्छ वातावरण महाअभियानको अभियान्तामा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो । अभियन्ताको रुपमा नियुक्त भएका प्रियंका र आयुष्मानले अब देशभर स्वच्छ वातावरण बनाउनका लागि जनचेतना कार्यक्रमहरु गर्नेछन् ।

‘आयंका फाउण्डेशन’ मार्फत् प्रियंका कार्की र आयुष्मान देशराज जोशीको रियल प्रेम जोडीले परोपकारी काममा हात अगाडि बढाएका छन् । अर्को वर्षको असारमा बैबाहिक जीवनमा बाँधिने तयारीमा समेत रहेका उनीहरु स्वच्छ वातावरण महाअभियानको अभियन्तामा नियुक्त भएकोमा खुशी व्यक्त गरेका छन् । आफुहरुलाई नेपाल सरकार तथा मन्त्रालयले दिएको यो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्ने प्रयास गर्ने अभिनेत्री प्रियंका कार्कीले बताइन ।

यो महाअभियानको अभियन्तामा मन्त्रालयले उनीहरुलाई एक वर्षका लागि नियुक्त गरेको हो । यो जोडी अभिनीत नयाँ सिनेमा ’प्रेम दिवस’ अर्को वर्षको जेठ ३ मा प्रदर्शन हुने तयारीमा रहेको छ । योगेश घिमिरेले निर्देशन गरेको यो सिनेमालाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् ।