हङकङ प्रिमियरमा रुचाइयो अनुप, वर्षा र मालाको ‘पुरानो बुलेट’

हङकङ प्रिमियरमा रुचाइयो अनुप, वर्षा र मालाको ‘पुरानो बुलेट’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ’पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । शनिबार हङकङस्थित याउ माइ तेइ हलमा सिनेमाको ग्राण्ड प्रिमियर गरिएको हो । भिषण राईको डेव्यु निर्देशकिए सिनेमा पुर्वेली जनजीवनलाई केन्दमा राखेर निर्माण गरिएको छ । यो सिनेमा प्रिमियर शोमा हङकङ निवासी नेपाली दर्शकले रुचाएका छन् । सिनेमाको प्रस्तुती, कलाकारहरुको अभिनय सबै पाटोलाई दर्शकले रुचाए, आयोजक मध्येका एक मज्जाको राईले भने, ’नेपाली मौलिकता बोलेको यो प्रकारको सिनेमाको पहिलो प्रदर्शनी हङकङमा गर्न पाउँदा खुशी छौँ ।’

अहिलेसम्म प्रदर्शन भएका सम्पुर्ण सिनेमा भन्दा भिन्न अबतारमा देखिएका मुख्य कलाकार अनुपबिक्रम शाही, अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले मन पराएका छन् । प्रिमियरमा सिनेमा हेर्ने दर्शकको निर्देशक भीषण राईको कामको पनि प्रसंशा गरेका छन् । ‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित उक्त ’शो’को प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए ।

सिनेमा ’पुरानो बुलेट’मा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुका अलवा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ । सिनेमाको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बुको सिनेमामा लगानी रहेको छ ।