‘को बन्छ करोडपती’को मञ्चमा ‘क्याप्टेन’ प्रचार

‘को बन्छ करोडपती’को मञ्चमा ‘क्याप्टेन’ प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार रिलिज हुने सिनेमा ‘क्याप्टेन’को प्रचार प्रसार अहिले तीव्र रुपमा भैरहेको छ । रिलिजको केही दिन बाँकी रहदा अभिनेता भुवन केसी, अनमोल केसी, डेव्यु अभिनेत्री उपासना सिंह ठकुरी, प्रिंयका एमभी र निरुता सिंह महानायक राजेश हमालले एपी वान टेलिभिजनमा सञ्चालन गर्दै आएको रियालिटी शो ‘को बन्छ करोडपती’को मञ्चमा गेम खेल्न पुगेका थिए । सोही अवसरमा आगमी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा क्याप्टेनको प्रचार समेत गरिएको थियो ।

क्याप्टेन निर्माण टिम केहीदिन पहिले नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘मुन्देको कमेडी क्लव’मा पनि सिनेमाको प्रचार गरिएको थियो । यस्तै ‘क्याप्टेन’ निर्माण टिम मोलसफ देखि राजधानीका विभिन्न मिडिया तथा कलेजसम्मका ठाँउमा पुगरे सिनेमाको प्रचार गरिरहेको छ । सिनेमाको सार्वजिक गीत संगीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । त्यसैले पनि ‘क्याप्टेन’लाई यो वर्षको बहुप्रतिक्षीत सिनेमाको रुपमा हेरिएको छ ।

सुपर काजल फिल्मसको व्यानरमा भुवन केसीले निर्माण गरेको सिनेमाले शुक्रबार र शनिबार बम्पर ओपनिङ गर्ने अनुमान सिनेमा पण्डितहरुको छ । यो सिनेमामा अनमोल केसी पहिलो पटक लभरब्वाईबाट फुटबल खेलाडी बनेका छन् । यो सिनेमामा उनको अपोजिटमा दुई डेव्यु गर्ल उपसना सिंह ठकुरी र प्रिंयका एमभीसँग अनस्क्रिन रोमान्स गरेका छन् । यो सिनेमालाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।