दिनेश राउतको निर्देशनमा ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने

दिनेश राउतको निर्देशनमा ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – २००९ मा निर्माण भएको सिनेमा ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने पक्का भएको छ । मंगलबार निर्माता प्रज्वल शमसेर जबरा र निर्देशक दिनेश राउतबीच आधिकारीक रुपमा निर्माण सम्झौता भएको हो । सुदर्शन थापाले निर्देशन गरेको हिट सिनेमामा चक्लेटी अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी बाँधिएको थियो । तर सिक्वेलमा यो जोडी रहने नरहने अहिलेसम्म पक्का भएको छैन् ।

अहिले निर्देशक दिनेश राउत ‘मेरो एउटा साथी छ’को कथा लेख्नमा व्यस्त छन् । एक दशकपछि निर्माण हुन लागेको सिक्वेललाई आइकोर फिल्मस्को ब्यानरमा प्रभु शमसेर जबराले निर्माण गर्नेछ । एक दशक पहिले यो सिनेमा निर्माण हुँदा निर्देशक राउतले ‘मेरो एउटा साथी छ’मा असिटेन्ट निर्देशकको रुपमा काम गरेका थिए । लभस्टोरी सिनेमा निर्माणमा अब्बल निर्देशकको रुपमा अहिले दिनेश राउतलाई चिन्ने गरिन्छ ।

दिनेशले आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई लिएर ‘नोभेम्वर रेन’ र ‘क्लासिक’ जस्तो सफल लभस्टोरी सिनेमा निर्माण गरिसकेका छन् । भने दिनेश निर्देशन गरेको यही वर्ष रिलिज भएको सिनेमा ‘प्रसाद’ले पनि राम्रो व्यापार गरेको थियो । निर्देशक राउतलाई ‘मेरो एउटा साथी छ’को सिक्वेललाई अझैं उत्कृष्ट बनाउनु पर्ने चुनौती छ । ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै गर्दा दर्शकले फेरि आर्यन र नम्रताको जोडी अवश्य पनि खोज्नेछन् । के सिक्वेलमा यो जोडी दोहोरियला यसको चर्चा अहिले सिनेमा बजारमा भैरहेको छ ।