‘दि ब्रेकअप’ दर्शकका लागी राम्रो खुराक हो : आशिरमान

‘दि ब्रेकअप’ दर्शकका लागी राम्रो खुराक हो : आशिरमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो ‘दि ब्रेकअप’ । सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सुपरस्टार अनमोल केसी अभिनीत सिनेमा ‘क्याप्टेन’सँग जुधेकाले पनि सिनेमाको चर्चा भैरहेको छ । ‘दि ब्रेकअप’ निर्देशक हेमराज बिसी निर्देशीत सिनेमाबाट अनमोलले नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेका थिए । त्यसैले पनि यि दुईको सिनेमा एउटै मितीमा प्रदर्शन हुनुले पनि अहिले कसले बाजी मार्ने भन्ने चर्चा निकै छ ।

अभिनेता अनमोल केसीलाई हेमराज बिसीले स्टारर बनाएको भनिन्छ । तर हेमराज त्यो मान्न तयार छैनन् । हेमराज भन्छन्, ‘मैले त पुर्ण रुपमा आफ्नो दिमागले भ्याय जती मेहनत गरेर एउटा राम्रो सिनेमा निर्माण गर्ने हो । कलाकारलाई स्टार बनाउने त दर्शकले हो, निर्देशकले होइन ।’ त्यसैले मैले ब्रेकअप एउटा राम्रो सिनेमा निर्माण गरेको छु । सायद दर्शकले मन पराउँछन होला । आफुले निर्माण गरेको लभस्टोरी सिनेमालाई दर्शकले मन पराएकाले पनि ‘दि ब्रेकअप’ले दर्शकबाट राम्रो साथ पाउनेमा आशावादी छु, हेमराज भने ।

यता निर्देशक हेमराज बिसीसँग ‘ग्याङस्टार ब्लुज’ पश्चात दोस्रो पटक काम गरेका अभिनेत आशिरमान देशराज जोशी पनि ब्रेकअपबाट निकै आशावादी छन् । आफु र आफ्नो टिमले शत प्रतिसत काम गरेकाले पनि दर्शकले सिनेमा मन पराउने विश्वास उनमा छ । पहिलो सिनेमा ‘ग्याङस्टार ब्लुज’को कम कमजोरीलाई यो सिनेमामा सुधार गरेको आशिरमानको भानाई छ । मैले मेरो क्यारेक्टरलाई पुर्ण रुपमा न्याय गर्ने कोशिस गरेको छु ।

रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको ’दि ब्रेकअप’मा शिल्पा मास्के, सरोज खनाल लगायतको मुख्य भुमिका रहेको छ । सिनेमालाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ । नरेन्द्र मैनालीले छायाँकन गरेको सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

तस्वीर : गुगलबाट