दिवाकरका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ‘क्याप्टेन’

दिवाकरका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ‘क्याप्टेन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिवाकर भट्टराई सिनेमा ’ऐश्वर्य’ को निर्देशनपछि निकै चर्चामा आए । यो सिनेमाले अभिनेत्रीमा दीपिका प्रसाईं र खलनायकमा प्रशान्त ताम्राकारलाई झैँ दिवाकरलाई निर्देशनको आँखाबाट चर्चामा ल्यायो । भलै पर्दा अगाडि आउने कलाकारका तुलनामा निर्देशकको चर्चा दर्शकबीच कमै हुने गर्छ ।

यतिबेला भने सिनेमा ’डिम्स’ गर्दाको काम देखेर सदाबहार नायक भुवन केसीले दिवाकरलाई फागुन १७ गतेबाट प्रदर्शनमा आउने सिनेमा “क्याप्टेन“ निर्देशनको जिम्मेवारी सुम्पेका छन् । “क्याप्टेन“मा सुपरस्टार अनमोल केसीको मुख्य भुमिका छ । अनमोलकै कारण पनि यो सिनेमा यतिबेला चर्चाको शिखरमा छ ।

भुवन केसीले र अनमोल केसीले त यो सिनेमाको कथा दमदार भैरहेको बताइरहेका छन् । तर दिवाकरको काम भने अहिलेलाई ट्रेलरमा मात्र देखिएको छ । हुन त सिनेमालाई कस्तो बनाउने भन्ने कुरा निर्देशकको हातमा हुने कुरा हो । ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाइरहेको यो सिनेमा रिजिलअघि चर्चामा हुनु स्वभाविकै हो ।

विश्वभर सबैभन्दा धेरै खेलिने खेल फुटबलमा आधारित यो खेलमा सिनेमा बनाउने आँट भुवनले गरे पनि यसको कथा दिवाकरले लेखेका हुन् । लामो समय लगाएर लेखिएको यो सिनेमाको कथामा निर्देशन पनि दिवाकर नै गरेका छन् । यो हिसाबले दर्शकका लागि त अनमोल क्रेजमेकर हुन् नै । यता दिवाकर भने क्याप्टेन मेकर हुन् ।

यहि सिनेमाका लागि अनमोलले पुर्व फुटबल कप्तान हरि खड्कासँग फुटबल सिकेका थिए । कथा तयार पारुन्जेलसम्म निर्देसक भट्टराइले पनि फुटबलबारे लामै अनुसन्धान गरेको देखिन्छ ट्रेलरका आधारमा ।

जति अनमोल र भुवनका लागि यो सिनेमा महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण निर्देशक दिवाकरको करिअरका लागि पनि छ । सिनेमाले कस्तो प्रतिक्रिया पाउने हो भन्ने त फागुन १७ मा सिनेमा रिलिज पछि दर्शकले दिने प्रतिक्रियाले पक्कै बताउनेछ ।

यो सिनेमामा अनमोलका अलावा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, राजाराम पौडेल, सुर्यमाला खनाल, बुद्धि तामाङ अमित श्रेष्ठ लगायतका कलाकारले अभिनय रहेको छ ।

तस्वीर : दीवाकर भट्टराईको फेसबुकबाट