‘सरौतो’को लोक फ्लेवर ‘चुलो चौका’मा सुमी र सन्नीको ठुम्का

‘सरौतो’को लोक फ्लेवर ‘चुलो चौका’मा सुमी र सन्नीको ठुम्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही समय पहिले काडमाडौं एक कार्यक्रमको आयोजना गरि निर्माण घोषणा गरिएको सिनेमा ‘सरौतो’को छायांकन अहिले काठमाडौंमा धमाधम भैरहेको छ । यही सिनेमामा समावेश एक लोक फ्लेवरको गीतको छायांकन विहिबार ललितपुरको सानेपा इन्टरनेसनल क्लबमा भैरहेको थियो । सिनेमाको छायांकन सुरु भएको २१ दिनमा काठमाण्डौको पार्टको सम्पुर्ण छायांकन सकिएको निर्देशक हरि हुमागाईंले बताए ।

अब, करिब एक महिनाको छायांकन तराइमा गर्ने यसको निर्माणपक्षले जनाएको छ । आज छायांकन भैरहेको ‘चुलो चौका’ बोलको गीतलाई दर्शकले मन पराउने विश्वास निर्माण टिमलाई छ । हरि हुमागाँइको डेब्यू निर्देशनमा तयार हुन लागेको सिनेमाको गीतको यो भिडियोमा मुख्य कलाकारद्धय सन्नी सिंह र सुमी मोक्तानलाई फिचरिङ गरिएको छ । बिहेको सेट लगाएर यो गीतको भिडियो खिचिएको हो ।

करीब १ दशकदेखि भिडियो, सिनेमा र विज्ञापनमा छायाँकारको रुपमा सक्रिय हरी हुमागाईंले सरौतो मार्फत सिनेमाको निर्देशन डेब्यु गर्न लागेका हुन् । सिनेमामा सुमी मोक्तान र सन्नी सिंहका अलवा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहने छ । सिनेमाको घोषणा कार्यक्रममा निर्देशक हरी हुमागाईले छायाँकारको रुपमा संगालेको अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए । २० भन्दा बढी सिनेमा खिचिसकेका उनले सिनेमा निर्देशनमा आफ्नो पहिलो प्रयास भए पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

अभिनेत्री सुमीले सिनेमाका लागि २ वर्षदेखि एक्सन ट्रेनिङ लिएको बताइन् । उनले भनिन, ‘सिनेमामा मेरो भूमिका एकदमै चुनौतीपूर्ण छ । यद्यपि, सिनेमाको चरित्रलाई न्याय गर्न पुर्ण रुपमा लागी पर्नेछु ।’ अभिनेता सन्नीले पनि भूमिका राम्रो भएकाले सिनेमामा काम गर्न राजी भएको बताए । अहिले छायांकनमा निकै रमाइलोका साथै दुःख पनि भैरहेको यी दुईको भनाई छ । उनीहरु भन्छन्, सायद अहिले आफु र आफ्नो टिमले गरेको दुःख सिनेमा रिलिज पश्चात दर्शकबाट पाएको प्रतिक्रियाले भुलाउने छ । आफ्नो टिमले त्यही अपेक्षा अनुसार काम गरिरहेको छौं ।

उत्तम हुमागाईंको छायांकन रहने सिनेमा राघव कृष्ण गौतमको कथामा निर्माण हुन लागेकोे हो । सिनेमालाई श्री महर्जनले निर्माण गर्नेछन् । राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहने सिनेमा काठमाडौं र बारामा छायाँकन गरिने छ ।