शुक्रबारबाट हलमा दुई सिनेमा ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ रिलिज

शुक्रबारबाट हलमा दुई सिनेमा ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई सिनेमाले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । अनमोल केसी स्टारर सिनेमा ‘क्याप्टेन’ र आशिरमान देशराज जोशी स्टारर सिनेमा ‘दि ब्रेकअप’ले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । यी दुवैलाई वर्षकै प्रतिक्षीत सिनेमाको रुपमा हेरिएको छ । ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भने ‘दि ब्रेकअप’लाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

अभिनेता अनमोल केसीलाई पछिल्लो समय नेपाली सिनेमामा पैसा छाप्ने मेसिनको रुपमा हेर्न गरिन्छ । भने हेमराज बिसीलाई पनि लभस्टोरी सिनेमा निर्माण गर्ने अब्बल निर्देशको रुपमा चिन्ने गरिन्छ । त्यसैले पनि यि दुईको सिनेमाबाट दर्शकले निकै अपेक्षा राख्ने गर्दछन् । यी दुवै सिनेमा एउटै मितीमा प्रदर्शन हुनुले पनि धेरै थोरै नाफा घाटा निर्माता निर्देशकलाई हुने अनुमान सिनेमा क्षेत्रमा भैरहेको छ ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।

‘दि ब्रेकअप’मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको सिनेमालाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ । नरेन्द्र मैनालीले छायाँकन गरेको सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।