‘चट्ट रुमाल क्या मालुम’को रिमेकमा सलिनमान र मल्लिकाको यस्तो लुक्स

‘चट्ट रुमाल क्या मालुम’को रिमेकमा सलिनमान र मल्लिकाको यस्तो लुक्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगमी चैत्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो ‘यात्रा : अ म्युजिकल भ्गल’ । यो सिनेमामा एक दशक पहिले निर्माण भएको हिट सिनेमा ’आफ्नो मान्छे’ मा समावेश हिट गीत ’चट्ट रुमाल’ लाई दर्शकले यात्रामा फेरी पनि हेर्न पाउने भएका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित यसगीतलाई रि एरेन्ज गरेर सिनेमा ‘यात्रा अ म्युजिकल भ्लग’ राखिएको छ । आउँदो चैत्र २९ मा रिलिज हुने सिनेमा समावेश गीतको केहि तस्वीर सार्वजनिक गर्दै निर्माण टिमले गीत रहेको प्रस्ट्याएको छ ।

सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् भने यसलाई राजन इशानले रि एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा पहिलो सिनेमाबाटै स्टार कलाकारको रुपमा उदाएका सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्हवि बस्नेत, रेअर राई , प्रेक्षा बज्राचार्य, विशाल सापकोटालाई फिचर्ड गरिएको ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।

यात्रामा जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । सिनेमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

सिनेमामा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।