‘हेल्लो जिन्दगी’मा श्वेता खड्का अनुबन्धित

‘हेल्लो जिन्दगी’मा श्वेता खड्का अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री श्वेता खड्का ‘कान्छी’ रिलिज भएको लामो समय पश्चात नयाँ सिनेमामा अनुबन्धित भएकी छन् । यो सिनेमाको नाम ‘हेल्लो जिन्दगी’ जुराइएको छ । यो सिनेमामा श्वेताको मुख्य भुमिका रहने निर्देशक एभरेष्ट सुर्य बोहराले बताए । श्वेताका अलवा सिनेमाको लागी एक मुख्य अभिनेता र अभिनेत्रीको खोजी भैरहेको छ ।

निर्देशक बोहोराको निर्देशन र लेखनमा बन्ने सिनेमालाई सृजना जोशीले निर्माण गर्नेछिन् । विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने सिनेमामा अनुबन्ध भएपछि अभिनेत्री श्वेताले खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा एक स्टाटस कोर्दै आफ्नो लागि खुसीको पल र एकदमै स्पेशल दिन भएको उल्लेख गरेकी छन् ।

उनले निर्देशक बोहोरालाई ’डाइनमिक’ निर्देशक भन्दै प्रशंसा पनि गरेकी छन् । श्वेताले धेरैपछि बाहिरी ब्यानरको सिनेमामा काम गर्न लागेकी हुन् । पछिल्लो समय समाजसेवामा पनि सक्रिय उनले चरित्र मन परेका कारण ‘हेल्लो जिन्दगी’ गर्न राजी भएको बताएकी छन् । यो सिनेमालाई अहिलेका सर्वाधिक व्यस्त र महँगा छायाँकार पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।