हल पुग्दा देखियो अनमोलको यस्तो क्रेज, देशैभर हाउसफूल ‘क्याप्टेन’

हल पुग्दा देखियो अनमोलको यस्तो क्रेज, देशैभर हाउसफूल ‘क्याप्टेन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘क्याप्टेन’ले नेपाली बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । शुक्रबारको बिहानी शोमा दर्शकको संख्या केही कम भएता पनि दिवा शोबाट पिकअप लिएको हल सञ्चालकाको भनाई छ । बितरक मनोज राठीका अनुसार फेरी पनि एक पटक अनमोल केसीले आफ्नो स्टारडम प्रमाणीत गरेको बताए । यो वर्ष रिलिज भएको हिट सिनेमा ‘छक्का पञ्जा ३’ पछिकै ठुलो ओपनिङ ‘क्याप्टेन’लाई मिलेको उनको भनाई छ ।

बितरक मनोज राठीले द सिनेमा टाइम्ससँग कुरा गर्दै भने शुक्रबार मात्रै ‘क्याप्टेन’ले अल नेपाल ६० लाख ग्रसको ब्यापार गरेको र आज शनिबार एक करोड २५ लाख माथी व्यापार गर्ने अनुमान उनको छ । आज शनिबार देशभरका मल्टीपेलेक्सदेखि सिंगल हलसम्म दर्शकको चाप उच्च रहेको छ । हल सञ्चालक र बितरकका अनुसार ६ महिना पश्चात सिनेमा हेर्न हलसम्म दर्शक सिनेमा हेर्न आएको भनाई छ । यस्तै शनिबारका बिहानी शोबाटै काठमाडौंको गोपी कृष्ण हलमा ३ हल हाउसफुल रहेको र २ बजेको शोमा भने गोपी, कृष्ण, राधा, मिरा र शिवाय लगायतका पाँच हलमा सिनेमा लागीरहेको हलका प्रबन्ध निर्देशक प्रदीप दाहालले बताए ।

यस्तै काठमाडौंका अन्य सिनेमा हलहरु अष्टनारायण, गुण, गंगा, कलंकी बहारी लगायतमा सिनेमा घरमा पनि उत्तिकै दर्शकको चाप रहेको वितरले बताए । योसँगै मोफसलका पोखरा, नारायणघाट, बुटवल, धरान, बिर्तामोड, बिराटनगर, नेपालगञ्ज लगायतका साना, ठुला स्टेशनमा पनि सिनेमाले राम्रो ब्यापारको निर्माण पक्षको भनाई छ ।

यस्तै दिउँसो १ः३० बजे अभिनेता अनमोल केसी नेपाल प्रहरी र बडिगार्डको सुरक्षा सहित दर्शक प्रतिक्रिया लिन गोपी कृष्ण हल पुगेका थिए । अनमोललाई हलमा आफ्नै आँखा अगाडी पाए पश्चात दर्शकले अनमोल अनमोलको नारा लगाएका थिए । अनमोललाई आफुसँग सेल्फी खिच्न चाहने दर्शकको भिडबाट निस्कन निकै हम्मे हम्मे परेको थियो । दर्शक तथा फ्यानलाई फुटबल उपहार दिँदै नेपालको राष्ट्रिय झण्डा देखाउँदै राष्ट्रिय गीत ‘सयौं थुगां फुलका हामी’ गाउँन लगाएका थिए ।

योसँगै अनमोलले दर्शकलाई ‘क्याप्टेन’मा समावेश हिट गीत ‘कर्ली कर्ली कपाल’ गाएर सुनाएका थिए । दर्शकले अनमोलले काम गरेका यस अघि सिनेमाभनदा उत्कृष्ट काम गरेको भन्दै ‘क्याप्टेन’ मन परेको प्रतिक्रिया दिएका थिए । सिनेमामा दर्शकले अनमोलका अलवा डेव्यु गर्ल उपासना सिंह ठकुरी र विल्सन विक्रम राईको अभिनयलाई पनि उत्कृष्ट भनेका छन् ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।