यस्तो छ ‘क्याप्टेन’को तीन दिने बक्सअफिस रिपोर्ट, शिवरात्रीको दिन दर्शकाको राम्रो साथ

यस्तो छ ‘क्याप्टेन’को तीन दिने बक्सअफिस रिपोर्ट, शिवरात्रीको दिन दर्शकाको राम्रो साथ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको शुक्रबारबाट रिलिज भएको सिनेमा ‘क्याप्टेन’ले बम्पर ब्यापार गरिरहेको थियो । सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराई निर्देशन गरेका हुन् । क्याप्टेनले शुक्रबार विहानी शोमा दर्शकको राम्रो उपस्थीती नरहेता पनि दिउँसोको शोबाट दर्शकको चाप हलमा देखिएको हल सञ्चालकहरुले बताएका छन् । महाशिवरात्रीको विदालाई मध्यनजर गर्दै प्रदर्शनमा आएको सिनेमाले आइतबार पनि राम्रो ब्यापार गरेको छ । भने सोमबार पनि देशैभरका सिनेमा घरमा दर्शकाको उल्लेख साथ रहेको बितरक मनोज राठीले बताए ।

वितरक मनोज राठीले सिनेमाको तीन दिनको कलेक्सन अर्थात् विकेन्ड कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् । ‘क्याप्टेन’ले तीन दिनमा २ करोड ४० लाख आसपासको ग्रस कमाई गरेको राठीले बताए । देशैभरबाट पहिलो दिन शुक्रबार ६० लाख ग्रस कमाएको सिनेमाले दोस्रो दिन शनिबार पहिलो दिनको तुलनामा दोब्बर कलेक्सन गरेको हो । शनिबार सिनेमाले १ करोड २५ लाखको आँकडा छोएको छ भने तेस्रो दिन आइतबार ५० लाख बढीको ग्रस व्यापार गरेको मनोज राठीले बताए । सोमवार पनि सिनेमाले करोडको आसपास ब्यापार गर्ने बितरक राठीको अनुमान छ । सिनेमाको व्यापार राजधानी र मोफसल गरी सबैतिर राम्रो रहेको उनको भनाई छ ।

सिनेमाले तीन दिनमा राम्रो ब्यापार गर्नुको मुख्य कारण अनमोलको क्रेज, गीत संगीत र ट्रेलरको महत्त्वपूर्ण भूमिका रहेका राठीको भनाइ छ । निर्माता भुवन केसी र बितरक राठीका अनुसार ‘क्याप्टेन’ १ करोड ८० लाखको लागतमा हलमा रिलिज भएको हो । सिनेमालाई दर्शक तथा समिक्षकबाट मिश्रीत प्रतिक्रिया मिलेको छ । सिनेमाले नेपालबाट ६ करोड ग्रस व्यापार गरे निर्माताको लगानी सेभ हुन्छ । सिनेमाको ’वर्ड अफ माउथ’ राम्रो भएका कारण पनि ‘क्याप्टेन’ लामो रेसको घोडा बन्ने वितरक राठी र हल सञ्चालको विश्वास छ । सोमबार पनि राजधानी भित्र र मोफसलका अधिकांश सिंगल थिएटर र मल्टिप्लेक्स हलहरुमा दर्शकको चाप उच्च रहेको छ ।’

सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।